• स्वयंसेवाको नाँउमा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने पक्राउ

    ४ जेष्ठ २०७७, आईतवार

    स्वयंसेवीको नाममा जथाभावी सवारी रोक्ने र स्वास्थकर्मीलाई दुर्व्यवहार गर्ने गतिविधी राजमार्गमा बढेको गुनासो बढिरहेको छ ।

    त्यस्तै शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि एक युवाले नराम्रो हर्कत गरेका छन् । उनको भिडियो सार्वजनिक भएपछि प्रहरीले चासो देखाएको छ । सामाजिक सञ्जालमा उनले गरेको भिडियो सार्वजनिक भएपछि आलोचना गरिएको थियो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको जनाएको हो । परिसरका एसएसपी श्याम ज्ञवालीले त्यसको पुष्टि गरेका छन् । गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर त्यस्तो हर्कत गरेका थिए। गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गौरकानुनी भनेको छ। प्रहरीले चेकजाँचका लागि रोकेको गाडी जाँच्न स्वयंसेवकका रुपमा खटिएका युवा लागेका थिए । स्वयम सेवकको कार्ड लिएर उनीहरु गाडी भित्र के छ भन्ने खोतल्न पुगे। ति युवाले उनको साथमा उनका सहयोगीको ब्याग समेत खोल्न लगाएको भिडियोमा देख्न सकिन्छ ।

    उनले आफ्नो परिचय दिए र काठमाडौं आउनुको कारण खुलाए। उनको घाँटीमा नै परिचयपत्र भएपनि उनीहरुले त्यो हेरेनन् । उनीहरुले सोधखोज मात्र गरेनन्, त्यसको भिडियो नै रेकर्ड गरे जुन अहिले सोसल मिडियामा भाइरल छ। डाक्टर कार्कीको परिचयपत्र र कामको जानकारीलाई ‘लत्याउँदै उनीहरुले चिकित्सकको हुर्मत लिन खोजेको भिडियोमा देख्न सकिन्छ । उनीहरुको निर्देशनबमोजिम सिट बेल्ड खोले, गाडीबाट उत्रिए। झोलामा भएका सामानहरु देखाउन थाले। ती युवाहरु घरीघरी तपाईँ स्‍वास्थ्यकर्मी हुनुहुँदो रहेछ, राम्रो काम गर्नुभएको छ। हामीले पनि तपाईँहरुका लागि गरेको भन्दै आफूलाई सुरक्षाकर्मीभन्दा कम नरहेको बताइरहेका थिए।

    उनीहरुले ब्यागको सामान, नागरिकको हिसाबले चेक गरेको बताइरहेका थिए। कार्कीले व्यागमा कपडा भएको देखाए। तर, उनीहरुले अझै भित्री व्याग पनि खोल्न लगाए। व्यागमा केही भेटिएन। डाक्टर कार्कीमाथि भएको ज्यादतीको दृष्य नजिकै रहेका सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहेका थिए।

    फेसबुक प्रतिक्रिया